काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गरेको छ। कार्तिक २७ गतेदेखि लागू हुनेगरी कार्कीको नियुक्ति गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको…