कृष्ण ढुंगाना/सिन्धुपाल्चोक, शिक्षक हित बचत तथा ऋण सहकारी संस्था सिन्धुपाल्चाेकको ११ औं वार्षिक साधारण सभा संस्थाको आ. व. २०८१।०८२ काे विभिन्न प्रातिवेदनमाथी छलफल सहित पारित गर्दै शनिबार सम्पन्न भएको छ । संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सचिब विदुर प्रसाद नेपालले वार्षिक प्रगति प्रतिवेदन‚ कोषाध्यक्ष शङ्कर प्रसाद चापागाईले अर्थिक र लेखा सुपरीवेक्षण समिति संयोजक अजिता थापाले सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा आ. व. २०८२।०८३ को कार्ययोजना प्रस्तुत गर्नुका साथै संस्थाको वेवसाइट पनि सार्वजिनक गरिएको छ । नीति‚ बिधि र प्रविधिमा आधारित रही व्यवस्थित रुपमा सञ्चालन भइरहेकाे शिक्षकहरुको संलग्नतामा सञ्चालित जिल्लास्तरीय सहकारी संस्थामा कूल ६६४ जना शेयर सदस्यहरु रहेका छन् ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष राधाकृष्ण श्रेष्ठ‚ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य मैया पाैडेल‚ संङ्गठनका जिल्ला अध्यक्ष कृष्णबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
























प्रतिक्रिया