काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आम निर्वाचनका लागि पहिलोपटक मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्।
उनले नयाँ बानेश्वरस्थित दर्ता केन्द्रमा गएर नाम दर्ता गरेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
नाम दर्ता गरेपछि मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, “आहा! आम चुनावमा भोट दिनको लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो। १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीहरूलाई अल्छी नगरिकन फागुन २१ गतेको आम चुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु।”
उनले जेनजी पुस्तालाई आगामी सरकार निर्माणमा निर्णायक भूमिका खेल्न आग्रह गर्दै लेखेका छन्, “अब आउने सरकार जेनजी पुस्ताको बन्नु पर्छ। भगवान कसम, बुढो पुस्ताले देशलाई समृद्ध बनाउन सक्दैन, सक्दै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य सावित भइसकेको छ।”
मन्त्री पुनको उक्त अभिव्यक्तिलाई सामाजिक सञ्जालमा युवाहरूले व्यापक समर्थन जनाएका छन् ।























प्रतिक्रिया