काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मधेश प्रदेशले स्थानीय तह निर्बाचन असोजपछि गर्न सरकारसंग आग्रह गरेको छ।मधेस प्रदेशका स्थानीय तहलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिन आग्रह गर्दै सो पार्टीका अध्यक्ष जितेन्द्र सोनलले विज्ञप्ति जारी गर्दै उक्त स्थानीय तहका पदाधिकारीको विनाकारण एक दिन पनि अधिकारबाट वञ्चित गर्नु संविधानको मर्म र भावना विपरीत हुने उनले उल्लेख गरेका छन्।…