सोलुखुम्बु ।जिल्लाको सोताङ गाउँपालिकामा बरण्डा भाँचिएर घाइते भएकामध्ये तीन जनालाई काठमाडौं लगिएको छ। सोताङ गाउँपालिका ५ स्थित लालिगुराँस सहकारी संस्थाको भवनको बरण्डा भाँचिएर बिहिवार बिहान ७ जना घाईते भएका थिए । घाइते मध्ये तीन जनालाई एयर डाइनेष्टिको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको स्थानीय गोबिन्द नाछिरिङले जानकारी दिए। घटनामा परी सबिना राई,पार्बता बास्तोला बस्नेत,हरिमाया बस्नेत,निरु गौतम,राधा…