समाचार

सामाजिक संजाल प्रयाेग गर्दा सकारात्मक सन्देश जावाेस् ,:अध्यक्ष ओलि


२७ फाल्गुन २०७८, शुक्रबार, ,


पाेखरा फागुन २७।एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउने खालको हुन नहुने बताएका छन् ।

पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउने खालको हुन नहुने बताएका हुन् । बरु सूचना दिने खालको हुनुपर्ने उनको भनाइ छ ।

‘हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ उनले भने, ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्ने ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार, ,