back

नेपालमा दुध उत्पादनको अवस्था, दुधको माग र आपूर्ती कस्तो छ: प्रल्हाद दाहाल

प्रल्हाद दाहाल
अध्यक्ष : नेपाल डेरी एसोसिएसन

झापा- दमक, २९ – साउन । दुग्ध क्षेत्रमा कहिले किसानले सही मूल्य नपाएको भन्दै सडकमै दुध पोक्छन् त कहिले उद्योगीहरु दुध पुगेन भनेर आयात गर्नु पर्‍यो भनेर मन्त्रालय धाउँछन । यो पछिल्लो समय नेपालमा दुध उत्पादनको अवस्था, दुधको माग र आपूर्ती कस्तो छ ? अहिलेको लम्की स्किन रोगले कस्तो असर पुगेको छ भन्ने विषयको पेरिफेरिमा रहि नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँग उर्जाशिल खबर डटकमका सम्पादक तारादेबि नेपालले गरेकाे कुराकानीको सम्पादित अंश :

डेरी व्यवसायमा संलग्न व्यवसायीहरुका समस्या के–के छन् ?

डेरी व्यवसायीको सबैभन्दा ठूलो समस्या भनेको कहिले दुध धेरै हुने र कहिले कम हुने हो । कात्तिक महिनादेखि माघ महिनासम्म दुध बढी हुन्छ । माघको अन्तिम देखि असोजसम्म हामीलाई दुध पुग्दैन । दुध उत्पादन जहिले पनि उही मात्रामा हुने हो तर माघदेखि असोजसम्म बजारको माग भने बढी हुने गरेको छ ।

अर्को समयस्या भनेको नेपालमा व्यवसायीभन्दा पनि निर्वाहमुखी पशुपालनबाट दुधको माग धानिएको अवस्था हो । अनि दुधलाई चिसोमा मात्रै राख्नु पर्ने हुन्छ । त्यसका कारण चिस्यान केन्द्रको अभाव अर्को समस्याका रुपमा रहेको छ । भौगोलीक रुपमा टाढाटाढाबाट दुध ल्याएर राख्नु पर्ने हुन्छ ।यसकारण पनि सधैं भनेको जस्तो गुणस्तर कायम राख्न कठिन हुन्छ।

अर्को भने उद्योग खोल्नका लागि जग्गाको उपलब्धता नहुनु हो पनि । यदि जग्गा किन्ने हो भने सबै लगानी जग्गामा जान्छ । अनि उद्योग खोल्न सक्ने अवस्था नै हुँदैन । विदेशको कुरा गर्दा कृषि तथा किसान संलग्न भएको उद्योग खोल्दा राज्यले जमिन लिजमा दिने परिपाटी छ । हाम्रो देश नेपालमा यस्तो छैन । जसका कारण उद्योग खोल्नका लागि निकै गारो हुने अवस्था छ । बल्ल बल्ल उद्योग लगायो अनि त्यहाँ वरपर उद्योग भएकै कारण बस्ती बढ्दै जान्छ र पछि हुँदै गर्दा उल्टै त्यही उद्योगकै विरोध गर्दछन् ।

विदेशमा ५०–१०० वर्षसम्मका लागि लिजमा जमिन दिने सिस्टम हुन्छ । नेपालमा गाउँमा गएर उद्योग गर्न सकिदैन । त्यहाँ विद्युत तथा सडकको पहँच पुग्दैन् । सहरमा खोल्दा जमिन किन्दा महँगो पर्ने समस्या छ ।

नेपालमा औद्योगीक क्षेत्रको पनि कमि छ । जति छन त्यतिले पुगेको छैन् । त्यसमाथि भएका औद्योगीक क्षेत्रमा पनि उद्योग सञ्चालन नभएको अवस्था छ । उद्योगका लागि ठाउँ लिएकाहरुले पनि सञ्चालन नगरेको अवस्था छ । त्यस्तो ठाउँलाई चलाउन सक्नेहरुलाई दिनु पर्छ । तर उद्योग नगरि त्यत्तिकै केहि नगरी बसेकालाई राज्यले तत्काल हटाउनु पर्छ ।

अर्को समस्या भनेको गाइ पाल्नकै लागि समस्या छ । दुध दिनेबेलासम्मका लागि ठिक छ तर थारो भइसकेपछि त्यसको व्यवस्थापन गर्नु यो क्षेत्रका किसानको लागि ठूलो चुनौति हो । गाईलाई आयात निर्यात गर्न पाँइदैन् । दुध नदिने भए पनि थारो पाल्नु पर्ने बाध्यता हुन्छ । जसबाट उत्पादन हुँदैन, खान दिएर राखिराख्दा खर्च मात्रै हो । यसको तत्काल केही त केही गर्नै पर्ने देखिन्छ ।

नीतिगत रुपमै समस्या हो त ?

हो । नीतिगत रुपमा पनि समस्या छ । ठूला व्यवसायीलाई हेरेर मात्रै राज्यले नीति निर्माण गरिरहेकको अवस्था हो । तर साना तथा मझौला उद्योगको भुमिका धेरै छ । साना व्यवसायीलाई संरक्षण गर्ने किसिमको नीति आवश्यक छ । साना उद्योग कलकारखाना मैत्री नीति पनि बनाउँनु पर्ने देखिन्छ । अहिले पनि बजारको ८० प्रतिशत हिस्सा साना तथा मझौला डेरी उद्योगले धानेको देखिन्छ ।

यसका साथै उद्योग खोल्नका लागि प्रक्रियागत समेत झन्झट रहेको छ । गाडि किन्न जाँदा सहजै ऋण पाइन्छ तर व्यवसाय गर्नका लागि ऋण पाउनै मुस्किल छ । व्यवसायलाई नै धितो राखेर ऋण दिने व्यवस्था गर्नु पर्छ । जग्गा आफ्नो नाममा नभए पछि लोन पाँइदैन । जग्गा किने पछि लगानी नभएर उद्योग खोल्नै सकिदैन् । अनि कसरी गर्ने उद्योग ? त्यसकारण यी समस्या बिस्तार हल गर्दै जानुपर्छ ।

दुधजन्य पदार्थमा नेपाल आत्मनिभर बन्न सकेको छ ?

नेपालमा उत्पादन भएको दुधले ८० प्रतिशत माग पुरा गरेको छ। ।२० प्रतिशत भने अझै पनि बाहिरैबाट ल्याउनु पर्ने अवस्था छ । अबको पाँच वर्ष भित्र दुधमा पूर्ण रुपमा आत्मनिर्भर हुने गरी कामहरु भइरहका छन् । नेपालमा अहिले दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ । त्यसमध्ये ३१ लाख लिटर दुध बजारमा आउँछ । बाँकी दुध अझ पनि बजारसम्म जोड्न सकिएको छैन । त्यो दुरदराजमा भएको दुध अब बाटो पनि भनेको हुँदा बजारमा ल्याउन सक्दा यहाँको बजार यहीँको दुधको धान्न सक्छ । यो भनेको हाम्रो लागि ठूलो उपलब्धि हो। अब आयात मात्र रोक्न सक्दा पनि राज्यलाई ठूलो सहयोग पुग्न सक्छ ।

जनसंख्याको वृद्धि र दुधको उत्पादन बराबर जस्तो छ । जसले दुधमा आत्मनिर्भर हुनका लागि केही समय लाग्छ कि भन्ने हो । दैनिक रुपमा दुध पनि बढीरहेको छ अनि जनसंख्या पनि बढीरहेको छ । वृद्धि हुने दर र उत्पादन दर बराबर भएपछि समय केही बढी लाग्ने जस्तो पनि देखिन्छ ।

दुध कहिले बढी भएर सडकमा फालिन्छ त कहिले नपुगेर आयात गर्नु पर्छ भनिन्छ नि, खासमा यस्तो किन हुन्छ ?

आजभोलि बढी भएको दूध पाउडर बनाउन नेपाल मै लगभग दैनिक ४ लाखभन्दा बढि दुधको पाउडर बनाउन सक्ने पाउडर दूध बनाउने कारखाना लगाइएकोले अब त्यस्तो पहिलाको जस्तो दुध सडकमा फाल्न पर्दैन । नेपालमा पहिला पहिला धुलो दूध बनाउन कारखाना नहुँदा दुध सडकमा फाल्न परेको थियो तर आजभोलि त्यस्तो गर्नु पर्दैन । अहिले ७–८ वटा पाउडर दुध बनाउने कारखाना नेपाल मै छन् । हामीलाई लिन सिजन फागुनदेखि असोजसम्म दूध नपुग्ने हुन्छ र त्यो समयमा आफ्नो बजार बचाउनको लागि बाहिरबाट आयात गर्नुपर्ने हुनसक्छ । तर नियम अनुसार हाम्रो देशमा १०० ग्रामका पाकेट बाहेक अरु कुनै पनि दुध तथा दुग्ध पदार्थ ल्याउन नपाउने नियम छ । तर विडम्बना भन्नू पर्छ हाम्रो देशमा अहिले पनि प्रायः सबै देशका सबै सामान पाइन्छन् । त्यो कसरी आयो यो तत्काल बन्द हुनुपर्छ । बजार अनुगमन गरि अबैध रुपमा भित्रिएका सबै सामान नष्ट गरिनुपर्छ । होइन भने अब बिस्तार स्वदेशी उद्योग बन्द हुने र आयातित बस्तुले नेपाली बजार सक्काउने हुन्छ ।

अहिले दुध धेरै भए पछि पनिर, चिज, छुर्पी बनाएर पनि त्यसको सदुपयोग गरिने गरिएको छ । त्यसैले अहिले दुध फालिदैन् । धेरै भएको समयमा पाउडर बनाएर राख्ने अनि कम भएको बेला त्यसलाई प्रयोग गरेर नपुग मागलाई थेग्ने गरेका छौँ ।

व्यवसायीका लागि सरकारले के गरिदियो भने सहज हुन्छ ?

सरकारले साना तथा घरेलु डेरीहरुलाई संरक्षण तथा प्रोत्साहन गर्नु पर्‍यो । नेपालमा करिब १० हजार घरेलु डेरीहरु रहेका छन्। अरु बाँकी करिब ५०० को हाराहारीमा होलान् । घरेलु डेरीले आफैं स्वरोजगार हुनुका साथै स्थानीय एक दुई जानालाई रोजगारी पनि दिएको अवस्था हो । घरेलु डेरीले ५० औँ हजारलाई रोजगारी दिएको अवस्था छ ।

सरकारले घरेलुलाई साना, सानालाई मझौला र मझौलालाई ठूला उद्योगमा रुपान्तरण गर्दै जान सक्यो भने डेरी उद्योगले फट्को मार्न सक्छ । घरेलु र सानालाई प्रोत्साहन हुने किसिमको नीति सरकारको हुन पर्‍यो । उनीहरुले व्यवसायसँगै केही व्यक्तिलाई रोजगारी पनि दिएका छन् । यसका लागि पनि सरकारले उनीहरुको संरक्षण गर्नु जरुरी छ ।

नेपालमा चार प्रकारका डेरी रहेका छन् । तर बजार धानेको भनेको घरेलु डेरीले नै हो । ठूला डेरी र सरकारले घरेलु डेरी समस्या भए भनेर भनिरहेका छन् । बजार धान्ने पनि उनीहरु, उपभोक्ताको विश्वास पनि उनीहरुमा छ । ति घरेलु डेरीको राज्यले संरक्षण गर्नु पर्छ । उनीहरुलाई अनुदान दिनेदेखि संरक्षण गर्ने काम गर्नु पर्ने देखिन्छ । अब बिस्तार इनफर्मल रुपमा रहेका डेरीलाई मर्जरमा लगेर फर्मल तिर लैजान सक्दा मात्र सबै उद्योग टिक्न सक्छन् र देशमा पनि उद्योग रहि रोजगारी सृजना हुन सक्छ ।

ठूला डेरीले विदेशबाट आएका उत्पादनसँग प्रतिप्रर्धा गर्ने र अरु काम साना तथा घरेलु डेरीलाई जिम्मेवारी दिनु पर्छ । यसबाट सबैको बजार सहजता पनि हुन्छ र अवस्था अनुसार व्यवयास पनि गर्न सक्नेछन् ।

घरेलु डेरीले अहिले टोलटोलमा मात्रै होइन घर–घरमै पुगेर सेवा दिइरहेको अवस्था छ । उनीहरुले मेहनत गरेका छन् । त्यसमा राज्यले सहुलियत दिएर संरक्षण गर्नु पर्‍यो । राज्यको निगरानिमा रहेर अनुशासित रुपमा व्यवसाय गर्ने भनेको डेरी क्षेत्र मात्रै हो । किन भने बजारमा निश्चित सनयसम्म एउटै मूल्य हुन्छ । जस्तो सुकै समस्या परेको समयमा पनि सहजै उपलब्ध हुन्छ । मूल्य राज्यको नियन्त्रणमा छ ।


बनेपा नगरपालिका
कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

वि.सं.२०८१ असोज १५ मंगलवार २१:२२

सिन्धुपाल्चोक असोज १५,निकट रहेको दशैंमा बजार मूल्य प्रभावित हुन नदिन...

बाढी पीडितको उद्धारमा आफै खटिए बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा

बाढी पीडितको उद्धारमा आफै खटिए बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा

वि.सं.२०८१ असोज १४ सोमवार २२:१७

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा उद्धारमा आफै खटिनु...

धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी सुचारु

धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी सुचारु

वि.सं.२०८१ असोज १४ सोमवार ०७:५७

काठमाडौं – धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक सुचारु भएको...

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

वि.सं.२०८१ असोज १३ आइतवार १७:२०

धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म...

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने

वि.सं.२०८१ असोज ८ मंगलवार २१:३९

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट...

मुक्तिनाथमा दर्शनार्थीको भिड

मुक्तिनाथमा दर्शनार्थीको भिड

वि.सं.२०८१ असोज ६ आइतवार ०८:५७

गण्डकी- प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ।...