काठमाडाैं । १६औँ एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले भारतको सामना गर्दै छ । नेपालले पहिलोपटक एकदिवसीय खेलमा भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलंकाको पालेकेले मैदानमा दिउँसो ३ः१५ बजे खेल हुनेछ । यस खेलमा वर्षाले धेरै प्रभावित पार्न सक्ने जनाइएको छ । समूह ‘ए’बाट सुपर फोरमा दुवै राष्ट्रको सम्भावना उत्तिकै छ । पाकिस्तानसँग एक अंक बाँडेको भारतले नेपाललाई हराउँदा सुपर फोरमा पुग्नेछ । भारतविरुद्ध अप्रत्याशित नतिजा निकाल्दा नेपालले सुपर फोरमा स्थान बनाउनेछ ।

प्रतिक्रिया