भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा उद्धारमा आफै खटिनु भएको हो।अविरल वर्षाका कारण आएको बाढीबाट कहा के कति क्षति पुर्याएको छ भनि भक्तपुरका विभिन्न स्थलको निरिक्षण अवलोकन गर्न आफै फिलमा खटिनुभएको छ । मन्त्री थापाले सुर्यविनायक नपा वडा नं ८ सिपाडोलको पहाडी भेगमा भएको धनजनको क्षतिलाई अवलोकन गर्दै अबरुद्व सडक खुलाउन पहल, पीडितलाई राहत बितरण साथै आबश्यक बन्दो बस्तीको पहल गर्दै बस्ती बस्तीमा पुग्नु भएको छ र दुई दिन देखिको अविरल बर्षाका कारण भएको क्षतिको स्थलगत निरिक्षण समेत गरनुभयो।
मन्त्री थापा आफै वडाका अध्यक्ष, रेडक्रसकर्मी, स्वयमसेबक, सुरक्षा निकाएको टोलीसंगै उद्धारमा खटिएको कुरा मन्त्री थापाको नीजी सचिवालयले जानकारि गराएको थियो । दुई दिनदेखिको अबिरल बर्षाका कारण बाढी र पहिरोबाट सो क्षेत्रमा दुई जनाले ज्यान गुमाएका छन् । दुई दिनदेखिको अविरल बर्षाका कारण भएको क्षतिको स्थलगत निरिक्षण गर्दै मन्त्री थापा वडाका अध्यक्ष, रेडक्रसकर्मी, स्वयमसेबक, सुरक्षा निकाएको टोली संगै उद्धारमा खटिएको मन्त्री थापाको नीजी सचिवालयले बताएको हो। अबिरल बर्षाका कारण बाढी र पहिरोबाट सो क्षेत्रमा दुई जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया