कांग्रेस नेता इन्द्र बानियाँ सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ सर्वाधित मत ल्याएर पार्टीको १४औं महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । उनी मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै मत ल्याएर विजयी भएका हुन् । योसँगै बानियाँ महाधिवेशनमा केन्द्रीय समितिमा उम्मेद्वार बन्ने बाटो खुलेको छ ।…