दोस्रो जाल्पादेवी 7 ‘A’ Side खुला फुटबल कप–२०८२ सम्पन्न, रोयल प्युघर विजेता

मेलम्ची, असोज ११ — मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीस्थित जाल्पादेवी खेलमैदानमा सम्पन्न दोस्रो जाल्पादेवी   7 ‘A' Side खुला फुटबल कप–२०८२ को उपाधि रोयल प्युघरले आफ्नो नाममा गरेको छ। शनिबार सम्पन्न फाइनल खेलमा रोयल प्युघरले गोर्खाली जि टिमलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै विजेता बन्न सफल भएको हो। खेलको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको रोयल प्युघरले चार गोल गर्न सफल…