अन्तरराष्ट्रिय

दशैं टीका : यो वर्ष कुन देशमा कति बजे उत्तम साइत ?



काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैं टीकाको उत्तम साइत विभिन्न देशका लागि सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालमा असोज १६ गते बिहान ११:५३ बजे टीकाको उत्तम साइत तोकिएको जनाएको थियो । शनिबार अन्तर्राष्ट्रिय समितिले विदेशमा रहेका नेपालीका लागि साइत समयसमेत सार्वजनिक गरेको हो ।

समितिका अनुसार भारतमा बिहान ११:४९ बजेलाई दशैं टीकाको उत्तम साइत  मानिएकाे भने अमेरिकाको न्युयोर्कमा बिहान ११:२५ बजे, अमेरिकाकै फ्र्यांकफर्ट, केन्टुकीमा बिहान ११:५७ बजे, अमेरिकाको टेक्सासमा बिहान ११:३३, अमेरिकाको क्यालिफोर्नियामा बिहान ११:११ बजे उत्तम साइत रहेकाे जनाइएकाे छ । यस्तै क्यानडाको टोरेन्टोमा बिहान ११:११ बजे र अष्ट्रेलियाको सिड्नीमा भने बिहान ११:४३ बजे दशैं टीकाको उत्तम साइत ताेकिएकाे छ ।

२०८२ सालको दशैं असोज ६ गते घटस्थापनासँगै सुरु हुँदैछ । असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ । असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासन बिहान ९:२३ बजे तोकिएको छ ।

प्रकाशित : ५ आश्विन २०८२, आइतबार, ,