शिक्षा

कक्षा १२ को पूरक परीक्षा आज र भोलि



काठमाडौं । कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु भएको छ। यसअघि भदौ २८–२९ का लागि तोकिएको परीक्षा जेन–जी आन्दोलनका कारण स्थगित भएको थियो।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र एक/दुई विषयका परीक्षार्थीका लागि सानो कोड भएको विषयको परीक्षा हुनेछ। अंग्रेजी र नेपाली दुवै दिनेले आज अंग्रेजी र भोलि नेपाली परीक्षा दिनुपर्नेछ।

बुधबार भने दुई विषय दिने परीक्षार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ, तर अंग्रेजी सो दिन रहने छैन। सबै परीक्षा बिहान ११ बजे सुरु हुनेछन्।

प्रकाशित : ७ आश्विन २०८२, मंगलबार, ,