काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज आइतबार (भदौ २२, भाद्र शुक्ल पूर्णिमा) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । समितिले स्वीकृति दिएको पञ्चांगअनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा सुरु हुनेछ । राति ११ः५६ मा ग्रहणको मध्यभाग हुनेछ भने राति ०१ः४१ बजे ग्रहण समाप्त हुनेछ । कुल साढे तीन घण्टा काठमाडौंबाट ग्रहण अवलोकन…