breaking news

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा कायम भएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित : १८ भाद्र २०८२, बुधबार, ,