काठमाडौं,२९ भदौ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट जेन जी आन्दोलनका घाइतेहरुलाई अस्पतालमा पुगेर भेटघाट गरेकी कार्कीले बिहान ११ बजे सिंहदरबार पुगेर कार्यभार सम्हाल्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेकाले गृह मन्त्रालयको नयाँ भवनबाट कार्यालय सञ्चालन गर्नेगरी पदभार…