breaking news

नेपालको अन्तरिम सरकारलाई भारतले गर्यो स्वागत



काठमाडौं । छिमेकी भारतले नेपालमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई स्वागत गरेको छ।

प्रधानमन्त्री कार्कीले शपथ ग्रहण गरेको दिनमै भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अन्तरिम सरकार गठनलाई सकारात्मक कदमको रूपमा लिएको जनाइएको हो।

भारतले कार्की नेतृत्वको सरकारबाट नेपालमा शान्ति र स्थायित्वको वातावरण बन्ने अपेक्षा व्यक्त गरेको छ। साथै, नजिकको मित्र राष्ट्र, लोकतन्त्रको समर्थक र दीर्घकालीन विकास साझेदारका रूपमा भारतले दुवै देशका जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउन र समृद्धि ल्याउने गरी नेपालसँग घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ।

प्रकाशित : २८ भाद्र २०८२, शनिबार, ,