काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा हरेक वर्ष मनाइने बिस्काः जात्राअन्तर्गत बुधबार बिहान खट जात्रा सम्पन्न गरिएको छ। चैत २ गते आयोजित जात्रामा बालकुमारी मन्दिर प्राङ्गणमा विभिन्न देवदेवीका खटहरू भव्य रूपमा प्रदर्शन गरिएका थिए।
यस अवसरमा श्री बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली र प्रथम गणेशका खटहरू बाजागाजासहित मन्दिर परिसरमा ल्याइएको थियो। परम्पराअनुसार मध्यपुर थिमिका विभिन्न स्थानहरू—चपाचो, दिगुटोल, ईनायलाछी र दथुटोलबाट खटहरू निकालेर बालकुमारी मन्दिरमा एकत्रित गरिन्छ।
स्थानीय बासिन्दा, भक्तजन तथा पर्यटकहरूको उल्लेखनीय सहभागितामा जात्रा उल्लासमय वातावरणमा सम्पन्न भएको थियो। सांस्कृतिक परम्परा जोगाउने उद्देश्यले प्रत्येक वर्ष मनाइने यस जात्राले मध्यपुर थिमिको धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउने गर्दछ।























प्रतिक्रिया