breaking news

पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने तयारीमा कांग्रेस



काठमाडौँ । नेपाली कांग्रेसले निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

समानान्तर गतिविधि गर्दै आएका खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा स्पष्टीकरण माग्ने निर्णय हुन लागेको हो।

केन्द्रीय अनुशासन समितिको आज (बुधबार) बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने एक नेताले जानकारी दिएका छन्। बैठक बिहान ११ बजे बस्ने तयारी गरिएको छ।

खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पार्टीको क्रियाशील सदस्यता खारेज गरिएको घोषणाप्रति असहमति जनाएका थिए। उक्त विषयलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ।

प्रकाशित : २ बैशाख २०८३, बुधबार, ,