breaking news

कस्तो रहला आजको माैसम



काठमाडाै‌ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको असर स्वरूप देशका विभिन्न भू-भागमा फरक–फरक मौसम अवस्था देखिएको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली छ। तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहेको मौसम पूर्वानुमान छ।

आज दिउँसो हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। विशेषगरी कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

राति भने हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाड र तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ। यद्यपि कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्हरूले विशेषगरी हिमाली क्षेत्रमा यात्रा गर्ने तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन सुझाव दिएका छन्।

प्रकाशित : ३० चैत्र २०८२, सोमबार, ,