काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल भर्खरै राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, सेनापति सिग्देल र जेनजी आन्दोलनबाट प्रधानमन्त्रीका लागि प्रस्तावित सुशीला कार्कीबीच बैठक बस्ने तयारी भएको हो।
संसद् विघटनको मागमा जेनजी समूह अडिग रहेपछि कानूनी विकल्प खोज्ने एजेन्डासहित बैठक आह्वान गरिएको स्रोतले जानकारी दिएको छ। अरु विषयमा आंशिक सहमति भए पनि संसद् विघटनको प्रश्नमा अझै निर्णय हुन नसकेको बताइएको छ।
काठमाडौंका मेयर बालेन्द्र साह र जेनजी आन्दोलनकारीहरूले संसद् विघटनलाई “बटमलाइन” मानेका छन्। तर राष्ट्रपति पौडेल सहमत नभएकाले यही विषयमा छलफल अड्किएको स्रोतले जनाएको छ।























प्रतिक्रिया