back
noc

छोराछोरी विदेशी भूमिमा

चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत छोराछोरी विदेशी भूमिमाको भिडियो दर्शक समक्ष ल्याएका छन् । ७ वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या बारेमा यो गीतमा लेखेका हुन् । गीतलाई बाल कलाकार जेनिश उप्रेतीले गाएका छन् । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ ।

यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । भिडियोलाई अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायांकन गरिएको छ । गीतबारे निर्देशक तथा गीतकार सुमनले भने, ‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरूले पैसा कमाएको मात्र नेपालबाट देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’मूलत यो गीतमा छोराछोरी विदेशमा हुँदा स्वेदशमा रहेको बुबा आमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ । यस्तै विदेशमै रहेकाहरूको नानीबाबु र उनीहरूको बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।गीतको भिडियोमा पवन गौतमको छायांकन, सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकास सुवेदीको प्राविधिक सहयोग, उत्सव उप्रेतीको ड्रोन एवम् सुमन दाहालको निर्देशन रहेको छ । भिडियोको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो । भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ । उनीहरूलाई स्थानीय बालबालिकाहरू सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोइराला, दर्शना कोइराला र फ्लोरिशा तिमल्सिनाले साथ दिएका छन् ।

सुमन विदेशमा रहेर पनि नेपाली कला , संस्कृतिको प्रवर्द्धनमा सक्रिय छन् । नेपाली फिल्मका निर्देशक रहेका सुमनले पत्रकारिता , निर्माण लगायतका विविध विधामा समेत नेपाल रहँदा सक्रियता देखाएका थिए ।


महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

वि.सं.२०७९ साउन १६ सोमवार १६:४४

साउन १६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले महँगीविरुद्ध...

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

वि.सं.२०७९ साउन १५ आइतवार १२:२७

काठमाडौं – नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

आज साउन १५ खिर खाने दिन  यस्तो छ महत्व

आज साउन १५ खिर खाने दिन यस्तो छ महत्व

वि.सं.२०७९ साउन १५ आइतवार ११:००

काठमाडौं । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे...

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

वि.सं.२०७९ साउन १४ शनिवार २२:०७

साउन १४,चौतारा स्थित आहालडाँडा कभर्टहलमा सिन्धु एमालेले जिल्ला स्तरिय प्रशिक्षण...

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

वि.सं.२०७९ साउन १४ शनिवार १५:५०

काठमाडौं । महँगी, भ्रष्ट्राचार र चर्को कालोबजारी विरुद्धको आन्दोलन प्रभावकारी...

जेपिजे ईन्टरटेनमेन्टको प्रस्तुति ‘पाएनी तिमिलाई मैले…’

जेपिजे ईन्टरटेनमेन्टको प्रस्तुति ‘पाएनी तिमिलाई मैले…’

वि.सं.२०७९ असार १८ शनिवार १६:३५

काठमाडौं १८ असार । जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टि.भि. च्यानल, न्युयोर्कको...