back

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

काठमाडौं । महँगी, भ्रष्ट्राचार र चर्को कालोबजारी विरुद्धको आन्दोलन प्रभावकारी बनाउन प्रेस चौतारी नेपालले केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ । चौतारीका पदाधिकारी, केन्द्रीय सदस्य र उपत्यकाभित्रका समितिका पदाधिकारीहरूको संयुक्त बैठकले उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको हो ।

परिचालन कमिटीलाई नेकपा एमालेले साउन १६ मा आयोजना गर्न लागेको महँगी र भ्रष्ट्राचारविरुद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ । परिचालन कमिटीमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपाध्यक्ष देवीका घर्ती मगर, महासचिव हिरामान लामा, उपमहासचिव शुरोजंग पाण्डे, राजु सुवेदी, कोषाध्यक्ष इन्द्र आचार्य र सचिवहरू हरिबल्लभ नेपाल, विष्णु तारुके, लोग्सरी कुँवर, उपत्यकामा रहेका केन्द्रीय सदस्य, भूगोल, प्रतिष्ठान र एशोसिएट कमिटीका पदाधिकारी सदस्य रहेका छन् ।

बैठकमा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले महँगीविरुद्धको जनप्रदर्शनमा आम जनतालाई सडकमा उतार्ने काममा आ–आफ्नो ठाउँबाट जुट्न निर्देशन समेत दिए । चौतारीको बैठकले महँगीले आम जनताको जनजीवनमा पारेको प्रत्यक्ष प्रभावबारे सूचनामूलक र जनचेतनामूलक सामग्री उत्पादन गरी प्रचार गर्ने निर्णयसमेत गरेको छ ।


बनेपा नगरपालिका
डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:२९

वासिङ्टन । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०९:३३

महोत्तरी- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक...

महिला फुटबलमा दर्शकको ‘क्रेज’

महिला फुटबलमा दर्शकको ‘क्रेज’

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४७

काठमाडौँ । खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु...

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४०

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,...

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...