राजनीति

बुद्धिजीवी र कांग्रेस नेतासँग शेखरले गरे छलफल



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा पार्टीभित्रको परिस्थितिबारे बुद्धिजीवी र कांग्रेस नेताहरूसँग छलफल गरेका छन् ।

डा कोइरालाले आइतबार विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा आयोजना गरिएको छलफल कार्यक्रममा देशको समसामयिक अवस्था, कांग्रेसको वर्तमान स्थिति तथा आगामी राजनीतिक दिशाबारे विचारविमर्श गर्नुभएको उहाँका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा उद्धव प्याकुरेल, जेनजी युवा अभिजित अधिकारी, करिना पुरीलगायत बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

त्यस्तै कार्यक्रममा कांग्रेसका नेताहरू डा शशाङ्क कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मीनेन्द्र रिजाल, डा गोविन्दराज पोखरेललगायतको पनि उपस्थिति रहेको थियो।

नेता कोइरालाले पार्टीलाई सशक्त, एकताबद्ध र जनमुखी बनाउन यस्ता छलफललाई निरन्तरता दिइने बताएको स्रोतले जनाएको छ।

प्रकाशित : १४ बैशाख २०८३, सोमबार, ,