राजनीति

आज बस्ने रास्वपाको सचिवालय बैठकमा ६ मुख्य एजेन्डामा छलफल हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेले भोलि आइतबार दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी बैठक आह्वान गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार बैठकका लागि ६ वटा मुख्य एजेन्डा तय गरिएको छ । बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनबारे छलफल हुने छ ।

त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन तथा विज्ञ र योजना आह्वानसम्बन्धी विषयमा पनि बैठकमा छलफल गरिने जनाइएको छ ।

विविध शीर्षकअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक, संसदीय दलका लागि प्राविधिक सहायता तथा लेबी सम्बन्धी विषयमा समेत छलफल हुने प्रवक्ता झाले बताए ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार, ,