breaking news

देशभर कक्षा १२ को परीक्षा सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी



काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा सोमबारदेखि देशभर सुरु भएको छ। माध्यमिक तहको अन्तिम मानिने यो परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभरबाट ४ लाख १८ हजार ८ सय परीक्षार्थी परीक्षामा सहभागी भएका छन्।

बोर्डले परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ। परीक्षा सम्पन्न भएको करिब डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ।

प्रकाशित : १४ बैशाख २०८३, सोमबार, ,