काठमाडौं । नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन १७ दशमलव ९१ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार दुई दशमलव ९५ अंकले घटेर २८ सय चार दशमलव १७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६५ अंकले बढेर चार सय ७१ दशमलव २२ अंकमा पुगेको छ । तीन सय ४२ वटा कम्पनीहरुको एक लाख २१ हजार चार सय ३३ पटकको कारोबारमा एक करोड ७५ लाख ८८ हजार आठ सय ५४ कित्ता शेयर किनबेच भएको छ भने आज कुल कारोबार रकम सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार तीन सय ४२ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले कमाएकाछन भने बाँकीले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ९१ अंकले बढेर १४ सय ५४ दशमलव ८३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ७३ अंकले बढेर ११ हजार २० दशमलव २८ अंकमा पुगेको छ । फाईनान्स, लगानी र उत्पादनमुलक समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक १६ दशमलव ७२ अंकले घटेर पाँच हजार नौं सय ७१ दशमलव ६३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि दुई दशमलव ५६ अंकले घटेर चार हजार ३१ दशमलव ९४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३१ दशमलव ९७ अंकले घटेर १२ हजार छ सय ३१ दशमलव ८८ अंकमा पुगेको छ भने होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज पाल्पा सिमेन्ट इण्ड्रष्ट्रीज लिमिटेडले सबैभन्दा बढी कमाउँदा होटल फरेष्ट इन लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।




























प्रतिक्रिया