आज राष्ट्रिय बाल दिवस मनाईंदै

काठमाण्डाै – आज ६१औँ राष्ट्रिय बाल दिवस मनाईंदैछ । ‘बालबालिकामा लगानी: सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने निर्णय भएको हो ।…