जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक हुँदै अध्यक्ष ओलीले भने : राष्ट्रप्रति समर्पित भएर अघि बढ्नुपर्छ

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी विद्रोहपछि पहिलोपटक मंगलबार सार्वजनिक भएका छन्। भक्तपुरको गुन्डुस्थित नयाँ भाडाको घरमा बसेका ओली भेटघाटका क्रममा नेता तथा कार्यकर्तासहित देखिएका हुन्। भेट्न पुगेकाहरूले उनीसँग भेटघाट गरी फोटो खिचेर फर्किएका थिए। ओलीले भक्तपुर सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी एवं कार्यकर्तालाई सम्बोधन गर्दै, युवाहरू जिम्मेवार र…