एमाले अध्यक्ष ओली आज सम्पादकहरूसँग साक्षात्कार गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग साक्षात्कार गर्न लागेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको यो कार्यक्रम दिउँसो १ बजे काठमाडौंमा आयोजना हुने तय गरिएको छ। उक्त भेटघाट शनिबारदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीसँग सम्बन्धित छ। कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र…