काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग साक्षात्कार गर्न लागेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको यो कार्यक्रम दिउँसो १ बजे काठमाडौंमा आयोजना हुने तय गरिएको छ।
उक्त भेटघाट शनिबारदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीसँग सम्बन्धित छ। कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र राजनीतिक रणनीतिबारे सम्पादकहरूसँग खुलस्त रूपमा छलफल गर्ने तयारीमा रहेका छन्। पुनः अर्को कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा रहेका ओलीले महाधिवेशनको दिशा, संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण पनि प्रस्तुत गर्ने बताइएको छ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा हुने छ भने बन्दसत्र काठमाडौंको भृकुटिमण्डपमा सञ्चालन हुनेछ। महाधिवेशनमा आगामी पाँच वर्षका लागि नेतृत्व चयन गरिने छ।
























प्रतिक्रिया