मुख्य समाचार

जंगी अड्डाले थाल्यो त्रिपक्षीय वार्ताको तयारी



काठमाडौं । अन्तरिम सरकार गठनका लागि त्रिपक्षीय वार्ताको तयारी भइरहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच छलफल हुने तयारी भइरहेको समाचार स्रोतले जनाएको छ।

अहिले वार्तास्थलमा कार्की आइपुग्न बाँकी रहेको र कार्की आइपुग्ने बित्तिकै वार्ता सुरु हुने बताइएको छ।

यस वार्ताले अन्तरिम सरकारको नेतृत्व र राजनीतिक निकासमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन नहुने भन्दै विराेध

अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने तयारीको विरोधमा केही युवाहरु सडकमा उत्रिएका छन्।

नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरूले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने स्पष्ट पार्दै, जेन–जी आन्दोलनको मूल माग यसतर्फ नभएको बताए।

गत केही सातादेखि जारी प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि युवाहरूको मागअनुसार ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो।

यसबीच, अन्तरिम सरकारको नेतृत्वबारे राष्ट्रपति रामचन्द्र पौडेल र जेन–जी युवा प्रतिनिधिहरूबीच नेपाली सेनाको समन्वयमा आज निर्णायक छलफल हुँदैछ। वार्ताले सरकार गठन र राजनीतिक निकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित : २६ भाद्र २०८२, बिहिबार, ,