back

स्थानीय तह निर्बाचनका लागि आजबाट दल दर्ता सुरु

फागुन५,काठमाडौं।आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता गर्न निर्बाचन आयोगले आव्हान गरेको छ।

बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् ।

दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइ खुलाउनुपर्ने आयोगले जनाएको छ ।

त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि खुलाउनुपर्नेछ ।

साथै यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्हको सट्टा अर्को निर्वाचन चिन्ह लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा निर्वाचन चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्नेछ ।

यसैगरी, राजनीतिक दलको संगठनात्मक स्वरुप (केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तर) छ–छैन खुलाउने र स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेको जिल्ला पनि दल दर्ता गर्दा खुलाउनुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली, तथा घोषणापत्र, निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रतिका कागजत पनि संलग्न गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ।


आज ११बजे संसदीय समितिको बैठक बस्दै

आज ११बजे संसदीय समितिको बैठक बस्दै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०८:३७

काठमाडौ,आज महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन...

बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघको प्रभातफेरी

बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघको प्रभातफेरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०८:१६

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको २७ औं केद्रिय महाधिवेशन–२०८१...

राष्ट्र बैंकले गर्यो चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारवाही

राष्ट्र बैंकले गर्यो चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारवाही

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०७:५८

काठमाडौ । नेपाल राष्ट्र बैंकले ४ वटा वाणिज्य बैँक र...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८१ वैशाख १९ बुधवार १७:४३

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

फेरि सुनको भाउ ओरालो लाग्दै!!

फेरि सुनको भाउ ओरालो लाग्दै!!

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१६

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख...

अन्तर्राष्ट्रिय श्रमिक दिवशको अवसरमा सरकारले दियो सार्वजनिक बिदा

अन्तर्राष्ट्रिय श्रमिक दिवशको अवसरमा सरकारले दियो सार्वजनिक बिदा

वि.सं.२०८१ वैशाख १९ बुधवार ०९:५७

बैशाख १९ काठमाडौं ,आज मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक...