back
noc

अर्को प्रदेश भएर जिल्ला सदरमुकाम जानुपर्ने लिखुपिकेबासीको समस्या दीर्घकालीन समाधान गर्छौ’

सोलुखुम्बु ।नेकपा एमालेका प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुले छोटो दुरी भएपनि अर्को प्रदेश घुमेर जिल्ला सदरमुकाम जानुपर्ने लिखुपिकेबासीको समस्या दीर्घकालीन समाधानका लागि आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।

लिखुपिके गाउँपालिकाको केन्द्र काफ्लेचौरस्थित गाउँपालिकाको समिक्षा हलमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एबम सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राई र विशिष्ट अतिथि प्रदेश निर्बाचन क्षेत्र ‘ख’ का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले आफुहरुले निर्बाचन जितेमा १२ महिनै समस्या नआउने गरि छिटोभन्दा छिटो दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।सल्लेरीबाट तामाखानी-जसमाने भण्ज्याङ हुँदै लिखुपिके र सल्लेरीबाट टाक्टोर-लामाजुरा -भकाञ्जे हुँदै काठमाडौंसम्म पुग्ने सडकको ट्र्याक ओपन लिखुपिकेबासीको समस्याको अस्थायी समाधान भएपनि यसको दीर्घकालीन समाधान सडकको स्तरोन्नति भएको उनीहरुको भनाई थियो।सदरमुकामबाट लिखुपिकेसम्म को सडक ओपन गर्ने कार्यका लागि आफुहरुको योगदान महत्वपूर्ण रहेको बताउंदै उम्मेदवारद्वयले आफ्नै कार्यकालमा यसको स्तरोन्नति गर्ने आफुहरुको उत्कट चाहना भएकाले निर्बाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह समेत गरेका थिए।

नेकपा एमाले लिखुपिके गाउँपालिका कमिटीका अध्यक्ष हिक्मत बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राईले आगामी मंसिर ४ गते हुने निर्बाचनमा फेरि पनि जनतालाई भ्रमित गरेर आफ्नो स्वार्थसिद्दि गर्न वृद्धभत्ता खाएर बस्नुपर्ने उमेरका अर्का ब्यक्ति पनि लागिरहेको बताउंदै त्यस्ता ब्यक्तिसंग सचेत रहन आग्रह गरे।युवा अवस्थामा २० बर्षसम्म सत्तामा रहंदा जिल्लाका लागि केहि गर्न नसक्ने तिनै वृद्ध ब्यक्ति अहिले जिल्लाको बिकासमा कायापलट गर्दिने भ्रम छरेर हिंडिंरहेका छन,उम्मेदवार राईले भने-‘उनी आउंदा अहिलेसम्म तपाईं चारपटक संसदमा पुग्दा हाम्रा लागि के गर्नु भो प्रश्न गर्न नभुल्नु होला।’

आफू पार्टी अध्यक्ष हुंदा नै लिखुपिके मा रहेको अन्तरजिल्ला सीमा विवाद समाधानका लागि पहल गरेको स्मरण पनि उनले गरे।ओखलढुंगाको मैली विवाद अन्त्य भएको छ, अब रामेछापसंगको पातल र लोछार विवाद पनि छिटो अन्त्य गरिने छ।

राईले आफू शासक बन्न नभई सेवक बन्नका लागि सोलुखुम्बुको प्रतिनिधितब गर्दै प्रतिनिधिसभामा जान चाहेको स्पष्ट पारेका छन् । मैंले आङ इगेले झलक शेर्पा देखि हेमकुमार राईसम्मलाई सहयोग गरेर यसपटक उम्मेदवार बनें,तर मेरा प्रतिस्पर्धी बल बहादुर केसी जिल्ला कार्यसमितिले अर्कैको नाम सिफारिस गर्दा पनि कार्यकर्ताहरुसंग झगडा गरेर ०४८ सालदेखि निरन्तर उम्मेदवार बनिरहेका छन्, आखिर के का लागि? राईले प्रश्न गरेका थिए।

प्रदेश निर्बाचन क्षेत्र ‘ख’ का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले पहिलो पटक आफू १ नं प्रदेशसभा सदस्यमा निर्बाचित भएपछि लिखुपिकेको बिकासका लागि सक्दो पहल गरेको स्मरण गरे।खानेपानी योजना,विद्यालयको भौतिक बिकास र अन्य पूर्बाधार निर्माणका लागि बजेट बिनियोजन गरेको जानकारी दिंदै उनले आवश्यक बिकास र बांकी काम पुरा गर्न पुनः उम्मेदवार बनेकोले यसपटक पनि सहयोग गर्न आग्रह गरे।

जग्गा हदबन्दी जिल्लाको मुख्य समस्या भएकोले यस बिषयमा पटकपटक प्रदेशसभामा आफुले आवाज उठाउदै यसलाई फुकुवा गर्ने र २ सय देखि २ सय पचास रोपनी कायम गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेकपा एमाले लिखुपिके गाउँपालिका कमिटीका इन्चार्ज चरीत्र भुजेलले स्वागत मन्तब्री व्यक्त गरेको कार्यक्रममा नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोला र सचिब आशकुमार राई ‘शिशिर’ ले नेकपा एमालेका उम्मेदवारहरुलाई निर्बाचित गराउने गरि सक्रियतापूर्बक लाग्न निर्देशन दिएका थिए।

सोही कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि दर्जन भन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेका थिए।नवप्रबेशी पेम्बाछिरी शेर्पा,बिजय घिमिरे,तिलकबहादुर श्रेष्ठ,निकुल श्रेष्ठ ,मानबहादुर बस्नेत,सावित्री श्रेष्ठ र वाङछु शेर्पा लगायतलाई प्रमुख अतिथि राई,बिशिस्ट अतिथि राजभण्डारी,अध्यक्ष बास्तोला लगायतले स्वागत गरेका थिए।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...