back
noc

सलमान खान नेपाल आउँदै,दशरथ रङ्गशालामा हुने साङ्गीतिक कार्यक्रममा सहभागी हुने

काठमाडौं।बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। वैशाख ३ गते काठमाडौंको दशरथ रङ्गशालामा हुने एक साङ्गीतिक कार्यक्रममा सलमान सहभागी हुने भएका हुन्।

सलमानसँगै सोही कार्यक्रममा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलीन फर्नान्डिज, निर्देशन तथा कोरियोग्राफर प्रभु देवा, मनिष पौललगायत सहभागी हुने भएका छन्।

यी कलाकारलाई नेपाल ल्याउने काम भने ओडीसी एन्टरटेन्मेन्टले गरिरहेको छ। यसका प्रबन्ध निर्देशक सीमान्त गुरुङले सलमानसहितका कलाकारलाई नेपाल ल्याउने सबै तयारी पूरा भइसकेको जनाएको छ।

२०७४ को फागुनमै ओडीसीले सलमान खानलाई नेपाल ल्याउने तयारी गरेको थियो। त्यतिबेला ‘दबंग: द सलमान खान लाइभ इन नेपाल’ शो आयोजना गर्ने भनिए पनि विभिन्न विवादका कारण कार्यक्रम आयोजना हुन पाएको थिएन।

ओडीसीले यसअघि सन् २०११ मा विश्वचर्चित क्यानेडियन गायक ब्रायन एडम्सलाई नेपाल ल्याएको थियो।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...