back
noc

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मादव सापकोटा मुख्य प्रतिस्पर्धी ठानिएको सो निर्बाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट माछा चिन्ह लिएर उम्मेदवार बनेका जिसीको चर्चाले नयाँ तरंग उत्पन्न गरेको छ।कांग्रेसबाट राजनीति सुरु गरेका जिसी ब्यबसायसंगै समाजसेवामा उत्ति नै सक्रिय भएको हुनाले पनि उनको स्वतन्त्र उम्मेदवारीले गठबन्धनलाई ठुलै झड्का लाग्ने बिश्लेषण हुन थालेको छ।देशभर स्वतन्त्रको पक्षमा एक किसिमको माहौल निर्माण हुँदै गै रहेका बेला दलहरूलाई यो क्षेत्रमा उनको उम्मेदवारी भारी पर्न सक्ने स्थानीयको तर्क छ।

जिसी जिल्लाको ठोकर्पाका स्थायी बासिन्दा हुन्।उनको उम्मेदवारी दलहरुप्रति निराश बनेका मतदाताहरुका लागि विकल्प बनेको कतिपयको भनाइ छ। केन्द्रीय गठबन्धनले जिल्लाको यथार्थतालाई नबुझी टिकट दिएकामा असन्तुष्ट मतदाताले स्वतन्त्र उम्मेदवार पाउँदा खुशी लागेको उनीहरू बताउंछन्।

निर्बाचन प्रचार र घरदैलो कार्यक्रममा ब्यस्त जिसीले आफ्नो उम्मेदवारीप्रति स्थानीयको धारणा अत्यन्तै सकारात्मक रहेको प्रतिक्रिया दिए। राजनीतिक क्षेत्रमा बढ्दो बिकृती रोक्नका लागि पनि आफुले नेपाली कांग्रेसबाट बिद्रोह गरेको बताए।राजनीतिमा हावी हुँदै गएको नाताबाद,कृपावाद र सिन्डिकेट प्रथाको अन्त्य गर्ने कुरामा युवाको बिद्रोह आवश्यक छ।त्यसका लागि पनि आफू उम्मेदवार बन्न बाध्य भएको उनको भनाइ छ।

कृषिलाई आयमूलक ब्यबसायमा रुपान्तरण गर्दै कृषकहरूको जीवन स्तर उकास्नु र युवाहरूलाई स्वदेशमै रोजगार बन्ने अवस्थाको सृजना गर्नु आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको उनले बताए।बिना आयश्रोतका अवधनाढ्यहरुको चुरीफुरी गरिएन भने छिटै मुलुक श्रीलंका बन्ने खतरा छ।यसलाई रोक्नका लागि पनि राजनीतिलाई ब्यबसाय बनाउनेहरुलाई रोकेर समाजसेवा ठान्ने उम्मेदवारहरुलाई छानीछानी सिंहदरबार पठाउनु पर्ने अवस्था छ उनले भने,- अहिले मतदाताहरुले पनि यो कुरा बुझ्नुभएको छ।’


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्यो यी उम्मेदवार

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्यो यी उम्मेदवार

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:१०

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं १...