फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली १७५औं स्थानमै यथावत्

काठमाण्डौ – फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली १७५औं स्थानमै यथावत् रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपालको वरियता यथावत् रहेको हो । दक्षिण एशियामा भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा छ । भारत १२७औं र माल्दिभ्स १६४औं स्थानमा झरेको छ । भारत एक र माल्दिभ्स दुई स्थान तल…