काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत शुक्रबार भएको राजवादीहरूको प्रदर्शनका क्रममा निजी घर, व्यवसायमा आगजनी, लुटपाट र तोडफो निन्दनीय भएको बताका छन् ।

कोटेश्वरस्थित भाटभटेनी सुपमार्केटमा शुक्रबार भएको लुटपाटमा संलग्नविरुद्ध बहादुरीपूर्वक प्रतिकारमा उत्रिएका सुरक्षागार्ड दुलप्रसाद (कृष्ण) पराजुलीलसहितलाई सम्मान गर्ने उनले यस्तो बताएका हुन् ।
व्यवसायी गुरुङले समाजमा अराजक गतिविधि गर्ने दुर्गा प्रसाईंलाई राज्यले समयमै नियन्त्रणमा लिन नसकेका कारण अहिलेको स्थिति सिर्जना भएको बताएका छन् । उनले प्रसाईंजस्ता अराजकलाई नियन्त्रणमा लिन पनि सरकारको ध्यानकर्षण गराएका छन् ।
गुरुङले लुटेराहरूले ल्याएको परिवर्तन आफूहरूलाई नचाहिएको पनि बताएका छन् । शुक्रबार राजावादीले गरेको लुटपाटका क्रममा कोटेश्वरस्थित भाटभटेनीले करिब ८० लाख रुपैयाँ क्षति व्यहोर्नु परेको थियो ।
प्रतिक्रिया