काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदमा ११८ जना कर्मचारीहरुको माग गरेको छ ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि ११८ जना कर्मचारीहरुको माग गरेको छ। बैंकले १ जना शाखा प्रमुख, ४८ जना व्यवसाय अधिकृत, ३ जना सूचना प्रणाली अधिकृत, १ जना कानून अधिकृत, १ जना कम्प्युटर अधिकृत, ५ जना कर्जा अधिकृत र लेखापाल ५९ जनाको माग गरेको हो।
योग्यता पुगेका सबै नेपाली नागरिकहरूले आजदेखि वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन पनि सक्नेछन् ।
प्रतिक्रिया