समाचार

लुटेरासँग प्रतिकार गरेका भाटभटेनीका सुरक्षागार्ड पराजुली पुरस्कृत



काठमाडौं– भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाले सुरक्षा गार्ड तुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुरक्षागार्ड पराजुलीलाई आज एक कार्यक्रमबीच पाँच लाख एक हजार एक सय एघार रुपैयाँसहित पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरे ।

गत १५ गते राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित सुपरमार्केट शाखामा लुटपाट गर्न पुगेका प्रदर्शनकारीको प्रतिकार गरी ठूलो क्षति हुनबाट जोगाएका थिए ।१५ चैतमा राजावादी समूहको लुटपाट र तोडफोडमा काटेश्वर भाटभटेनी जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए । उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

प्रकाशित : २० चैत्र २०८१, बुधबार, ,