समाचार

सेल्सबेरीमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई १० प्रतिशतसम्म ‘क्यास ब्याक’



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउने भएका छन्।

यससम्बन्धी समझदारी पत्रमा हालै ग्लोबल आइएमई बैंकट्रान्जेक्सन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्गले हस्ताक्षर गरे।

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरमा पोइन्ट अफ सेल (पस) मेसिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम २०० रुपैयाँ सम्मको क्यासब्याक पाउनेछन् ।

ग्लोबल आइएमई बैंक सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २२१ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ। ​साथैविश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ ।

प्रकाशित : २२ चैत्र २०८१, शुक्रबार, ,