विद्या भण्डारीलाई राजनीतिबाट रोक्ने प्रयास अस्वाभाविक : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयासलाई अस्वाभाविक बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू पुनः राजनीतिमा सक्रिय हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको स्मरण गराउँदै, उनीहरूको पुनरागमनलाई अनुचित ठहर गर्न नहुने बताए । उनले पूर्वराष्ट्रपति राजनीतिको मैदानमा फर्किँदैमा…