काठमाडौं । अघिल्लो दिन घटेको नेप्से आज सोमबार भने बढेको छ । नेप्से आज २१ दशमलव ३० अंकले बढेर २७ सय ६१ दशमलव २५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १८ अंकले बढेर चार सय ७४ दशमलव ३८ अंकमा चढेको छ । तीन सय १७ वटा कम्पनीहरुको ६७ हजार एक सय ५७ पटकको कारोबारमा एक करोड आठ लाख ७७ हजार नौं सय ४२ कित्ता शेयर खरिद किनबेच भएकोमा कुल रकम पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार छ सय ५२ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक घटेका छन् भने बाँकी समुहरुको सुचक भने बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ३६ अंकले बढेर १४ सय ३० दशमलव ८५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ५४ अंकले बढेर तीन हजार पाँच सय ४४ दशमलव शुन्य तीन अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७२ दशमलव ३५ अंकले बढेर १२ हजार नौं सय ८५ दशमलव शुन्य छ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३८ दशमलव ९७ अंकले बढेर १२ हजार तीन सय २५ दशमलव १६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेकाछन् ।
नेप्सेमा आज नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा आरबीबी म्युचुअल फण्ड १ ले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
























प्रतिक्रिया