अन्तरराष्ट्रिय

इजरायली सैन्य कारबाहीका कारण गाजा सिटीमा हजारौं मानिस घरवार विहीन



संयुक्त राष्ट्र, न्यूयोर्क, भदौ ११ गते । इजरायली सैन्य कारबाही सुरु भएयता गाजा सिटीमा हजारौं मानिस घरबार विहीन भएका छन् । संयुक्त राष्ट्रका मानवीय सहयोगकर्ताले मंगलबार यस्तो जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय गर्ने कार्यालयले भदौ १४ देखि २५ सम्ममा ३६ हजार दुई सयभन्दा बढी मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक गरेको छ । ती मध्ये करिब ११ हजार ६ सय मानिस गाजाको उत्तर भागबाट दक्षिण भागमा सरेका छन् । मात्र आइतबारदेखि सोमबारसम्म मात्रै दुई हजार बढी मानिस विस्थापित भएका थिए ।

अधिकांश विस्थापित गाजा सिटीका विभिन्न बस्तीबाट आएका छन् । दुई तिहाइभन्दा बढी ‘देइर अल-बालाह’ क्षेत्रतर्फ र झन्डै एक तिहाइ ‘खान यूनिस’ क्षेत्रतर्फ सरेका छन् । गाजा स्वास्थ्य निकायले विगत २४ घण्टामा पोषण अभाव र भोकमरीका कारण थप तीन जनाको मृत्यु भएको जनाएको छ । यससँगै पोषण अभावका कारण मृत्यु हुनेको संख्या ३०३ पुगेको छ , जसमा ११७ बालबालिका छन् ।

प्रकाशित : ११ भाद्र २०८२, बुधबार, ,