काठमाडौँ, भदौ ११ गते । सहिद स्मारक ‘ए’ डिभिजन लिग नहुँदा राष्ट्रिय स्तरका दर्जनौँ खेलाडी वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम ह्वात्तै बढेको छ ।
पछिल्लो समय राष्ट्रिय टोलीबाट खेल्दै आएका दुई दर्जन खेलाडीले अष्ट्रेलिया र युरोपको यात्रा तय गरिसकेका छन् । विभिन्न बहानामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले लिग सञ्चालन गर्न नसक्दा खेलाडीले रोजगारी गुमाउनुपर्दा विदेश रोजाइ बनेको हो ।
नेपाली फुटबल खेलाडीले अढाई वर्ष अघिसम्म स्वदेशमै लिग खेलेर धेर धोर कमाई गर्दै आएका थिए । लिग हुन नसक्दा बेरोजगार बनेको भन्दै खेलाडीले बारम्बार एन्फालाई दबाब दिँदै आएका थिए ।
हालै फुटबल खेलाडी सङ्घका पदाधिकारीले पनि एन्फालाई लिग सञ्चालन गर्न आग्रह गर्दै ज्ञापनपत्र पनि बुझाएका थिए । खेलाडी र फुटबल समर्थकको दबाबपछि एन्फाले यस वर्ष ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने छनक देखाएको छ ।
























प्रतिक्रिया