काठमाडौं– बानेश्वरको सडकमा बख्तरबन्द गाडीसहित नेपाली सेना उपस्थिति भएको छ । जेन-जी पुस्ताको आन्दोलन प्रहरीको नियन्त्रणबाहिर गएपछि नेपाली सेना हतियार सहित सडकमा आएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बानेश्वर, माइतीघर, सिंहदरबार, नारायणहिटी, सितल निवास लगायतका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । साथै, प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गराउन रबरको गोलीदेखि अश्रु ग्यास प्रहार गरिरहेको छ…