देश / प्रदेश

बानेश्वरको सडकमा ओर्लियो सेना



काठमाडौं– बानेश्वरको सडकमा बख्तरबन्द गाडीसहित नेपाली सेना उपस्थिति भएको छ । जेन-जी पुस्ताको आन्दोलन प्रहरीको नियन्त्रणबाहिर गएपछि नेपाली सेना हतियार सहित सडकमा आएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बानेश्वर, माइतीघर, सिंहदरबार, नारायणहिटी, सितल निवास लगायतका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । साथै, प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गराउन रबरको गोलीदेखि अश्रु ग्यास प्रहार गरिरहेको छ ।

तरपनि अहिलेसम्म प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन । प्रदर्शनको क्रममा प्रहरी र प्रर्दशनकारीबीच भएको झडपका कारण यतिबेलासम्म सयौं प्रदर्शनकारी घाइते भएका छन् ।

जसको उपचार राजधानीको विभिन्न अस्पतालमा भइरहेको छ ।

प्रकाशित : २३ भाद्र २०८२, सोमबार, ,