अर्थ

११ अंकले घट्यो नेप्से, तीन वटा समुहले कमाउँदा १० वटा समुहले गुमाए



काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ११ दशमलव ५२ अंकले घटेर २७ सय आठ दशमलव २५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३२ अंकले घटेर चार सय ६७ दशमलव ५१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३४ वटा कम्पनीहरुको ५८ हजार ८७ पटकको कारोबारमा एक करोड ११ लाख २४ हजार आठ सय ४५ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब ४० करोड २७ लाख ६७ हजार दुई सय ७१ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाईनान्स समुहको सुचक दुई दशमलव ३९ अंकले बढेर २३ सय ७३ दशमलव ८४ अंकमा पुग्दा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । यि बाहेकका बाँकी १० वटा समुहहरुको सुचक घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ३४ अंकले घटेर १४ सय १९ दशमलव ६६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २३ दशमलव ४५ अंकले घटेर ३४ सय १९ दशमलव ८१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५१ दशमलव ६४ अंकले घटेर १२ हजार सात सय १६ दशमलव ७९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २२ दशमलव ८६ अंकले घटेर १२ हजार दुई सय ४३ दशमलव ६९ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज हिमस्टार इर्र्नर्जी कम्पनीले सबैभन्दा बढी कमाउँदा पञ्चकन्यामाई हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । युनियन हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रकाशित : २२ भाद्र २०८२, आइतबार, ,