बाजुरा , भदौ। बाजुराका स्याउ किसानलाई बेला स्याउ टिप्न चटारो परेको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले गत भदौ २५ गते बिहान ११ बजेदेखि जिल्लामा लगाउँदै आएको कर्फ्यु शनिबारदेखि पूर्णरुपमा हटाएसँगै यहाँका किसानको पनि स्याउ टिप्ने चटारो परेको हो। देशभर बन्दका कारण स्याउ बारीमै थन्किदै आएको थियो। गत शनिबारदेखि खुला भएपछि अहिले स्याउ टिप्न सुरु गरेको…