काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी नहुने स्पष्ट गरेकी छन्।
भिडिओ सन्देशमार्फत उनले आफू मन्त्री बन्ने हल्ला गलत भएको प्रष्ट पार्दै त्यसबारेको भ्रममा नपर्न आग्रह गरिन्। प्रधानमन्त्री कार्कीको शपथग्रहण कार्यक्रममा शीतल निवासमा उपस्थित भएपछि उनले मन्त्री बन्ने अनुमान गरिएको थियो।
श्रेष्ठले भनिन्, “कलिला भाइबहिनीहरूको दाहसंस्कार अझै सकिएको छैन। उहाँहरूको बलिदानबाट आएको परिवर्तनमा हामीले अवसर पाएर काम गरेका भए पनि अहिले मन्त्री बन्ने सपना देख्नु हुँदैन भन्ने मेरो धारणा हो।”
























प्रतिक्रिया